टाेखा लाइभ / मंसिर २८, काठमाडौं
नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ भने हालसम्म १६ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा थप १५०० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ३५ हजार ७३१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

