• TOKHA LIVE

    • २८ मंसिर २०७७, आईतवार १७:४१

    काठमाडौं महानगर दिवसमा १७५ जना बाजा गुरुहरूलाई सम्मान गरिने

    काठमाडौं महानगरपालिकाले  महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः परम्परागत बाजाका करीब १७५ जना बाजा गुरुहरूलाई सम्मान गर्ने भएको छ।उक्त सम्मानबाट सम्मानित हुनेलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ।

    वि. सं. १९७६ पुष ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएकोे थियो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाइँदै आएको छ।

    यसै गरी मखनकी जीवित कुमारी प्रकृति महर्जन र किलाघकी जीवित कुमारी रेसुका महर्जनलाई मासिक १५ हजार रुपैयाँ भत्ताबाट प्राप्त हुने रकमबाट सम्मान गरिनेछ ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै