• TOKHA LIVE

    • २५ मंसिर २०७७, बिहीबार ०९:५६

    कोरोनाका कारण पूर्वराजदूत लामाको निधन

    काठमाडौं । सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत बनेका कमानसिंह लामाको कोरोना भाइरसका कारण निधन भएको छ । उनी अहिले सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए ।

    कोरोना संक्रमण देखिएपछि दुई साता अघि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । पारिवारिक स्रोतका अनुसार उनको बुधबार राती ११ बजे निधन भएको हो । उनलाई १४ दिनअघि कोरोना संक्रमण भएको थियो ।
    लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनमा प्रेसर, सुगरको समस्या रहेको बताइएको छ । पछिल्लो समय मृगौलाको समस्यासँग समेत उनी जुधिरहेका थिए । उनको अन्येष्टीको व्यवस्थापन सेनाले गर्नेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै