टाेखा लाइभ / मंसिर २४ काठमाडौं
फुटबल एकेडेमी सञ्चालनार्थ अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ) बिच ऐतिहासिक सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बर्तमान एन्फा अध्यक्ष शेर्पा र नेपाल एपीएफका पुष्पराम केसीले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए।
दुबैको सम्झौता भए अनुसार अबका दिन देखि ६ बर्षका लागि सशस्त्र प्रहरी बल (एपीएफ)को विद्यालयमा फुटबल एकेडेमी सञ्चालन गर्न खुल्ला भएको छ जहाँ १३-१४ बर्षका २१ जनालाई फुटबल प्रशिक्षण दिइने छ।
सशस्त्र प्रहरी बल (एपीएफ)को विद्यालयमा प्रशिक्षण पाउने २१ खेलाडी एन्फा र एपीएफको प्राविधिक समितिले छनोट गर्नेछ। जसमध्ये १४ खेलाडीको प्रायोजन एन्फा र बाकी एपीएफले नै गर्नेछ। ती १४ खेलाडीको दुवै पक्षले खेलाडीको प्रशिक्षणको साथै कक्षा १२ सम्मको शिक्षा सहितको सम्पूर्ण खर्च व्यहोर्ने दुबैले हस्ताक्षर गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ।

