टाेखा लाइभ मंसिर २३ काठमाडौं :
विवकेशील नेपाली दल र साझा पार्टीबीच एकता फुटेको दुई वर्ष पछि पुनः एकीकरण हुने भएको छ । विवकेशील नेपाली दल र साझा पार्टीबीच बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्न लागेका हुन्। दुई पार्टी एक हुने नयाँ गठनने पार्टीमा साझाका रविन्द्र मिश्र अध्यक्ष र विवेकशीलका मिलन पाण्डेले संयोजकको जिम्मेवारी पाउने भएका छन् ।
नयाँ पार्टीको नाम विवेकशील साझा र चुनाव चिन्ह तराजु राख्ने सहमती भए अनुसार पार्टी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति पनि भएको छ । भर्चुअल माध्यमबाट दल एकीकरण घोषणाको कार्यक्रम गर्ने तयारी भैरहेको दुवै दलबाट केन्द्रीय समितिमा ६५ –६५ जनाको प्रतिनिधित्वहरु रहने जनाएको छ। पार्टीको ७४ साउनमा एक भएका दुबै दल २०७५ पुसमा विभाजन भएको थियो।

