• TOKHA LIVE

    • २२ मंसिर २०७७, सोमबार १०:०६

    आज विवाह बन्धनमा बॉधिदै श्वेता खड्का

    मंसिर २२, २०७७

    काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ । कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।

    विवाहको अघिल्लो दिन अर्थात् आइतबार श्वेताले सामाजिक संजालमा एक लामो भावुक स्टाटस समेत पोष्ट गरेकी थिइन् । जसमा विवाह गर्ने निणर्य गर्नुको पछाडिका कारणको विषयमा उल्लख गरिएको थियो । यसअघि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् । विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधनपछि उनी एक्लो जीवन अगाडि बढाउँदै आएकी छिन् ।

    श्रीकृष्णको निधनको समय गहिरो शोकमा डुबेकी श्वेताले अब जीवनभर विवाह नगर्ने अभिव्यक्ति दिएको विषय मिडियाले समाचार बनाएका थिए । त्यसको केही समयपछि उनले श्रीकृष्णको फोटो घरमा राख्न दिने मानिससँग विवाह गर्ने अर्काे अभिव्यक्ति दिएकी थिइन् । अहिले भने जीवनलाई दुःखबाट सुख तिर डोर्याउन विवाह गर्न लागेको उनले बताएकी छन् ।

    स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताको चर्चा अभिनय भन्दा पनि श्रेष्ठसँगको प्रेम र विवाहको कारणले चुलिएको थियो । श्रेष्ठको निधनपछि पनि उनी श्रेष्ठसँग जोडिएका विभिन्न भाबुक अभिब्यक्तिका कारण चर्चामा बारम्बार छाउने गरेकी थिइन् ।

    श्वेता र विजयन्द्रको प्रेमको विषयमा मिडियामा केही अगाडि देखि फाट्ट फुट्ट समाचार बाहिर आउने गरेका थिए । तर यस विषयमा मौन रहदै आएकी श्वेताले केही दिन पहिले निम्तो कार्ड सहित विवाहको समाचार बाहिरिए पछि आइतबार भने सामाजिक सञ्जालमार्फत् विवाहबारे बोलेकी थिइन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै