• TOKHA LIVE

    • ७ बैशाख २०८३, सोमबार १२:५३

    हास्य र यथार्थको संगम नेपालभाषाको ‘धा:सा धाल धाइ’ रिलिज

    काठमाडौँ, ७ वैशाख/ नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ श्रृंखला  नेपालभाषा (नेवार) मा ‘धा:सा धाल धाइ’ श्रृंखला रिलिज भएको छ। आशुतोष बराहीद्वारा प्रस्तुत यस श्रृंखलाले पारिवारिक तथा सामाजिक जीवनका विविध पाटाहरूलाई व्यंग्यात्मक र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको निर्माण टोलीले जनाएको छ।

    निर्माण पक्षका अनुसार श्रृंखलामा परिवार र समाजभित्रका दैनिक भोगाइ, परम्परागत मान्यता तथा पात्रहरूबीचका रोचक संवादलाई समेटिएको छ। सामाजिक यथार्थलाई मनोरञ्जनसँग जोडेर दर्शकमाझ नयाँ स्वाद दिने उद्देश्यले श्रृंखला ज्यास: फिल्म्सले निर्माण गरिएको बताइएको छ।

    श्रृंखलामा आशा काजी थाकुको भूमिकामा, जित बहादुर /आशुतोष बराही (आशु) को भूमिकामा, सञ्जना महर्जन चिनि मायाको भूमिकामा हृदय प्रसाद मिश्र ब्रह्मु बाजे तथा राष्ट्रिका शाक्य ल्यासी मायाको भूमिकामा देखिएका छन्। त्यसैगरी मनोज महर्जन चन्द्रमान, नेरिशा महर्जन प्राण प्यारी, जेनिश शाक्य हेरा काजी र नितेश तण्डुकार आशा काजीको भूमिकामा अभिनय गरेका छन्।

    श्रृंखलाको निर्देशन आशुतोष बराहीले गर्नुभएको हो भने सहायक निर्देशकको जिम्मेवारी सञ्जना महर्जनले सम्हाल्नुभएको छ। छायांकन न्हुज: शाक्य, डाइरेक्टर अफ फोटोग्राफी अभिन शाक्य, सम्पादन आशुतोष बराही, VFX पूर्ण काजी शाक्य तथा सङ्गीत उत्सव बज्राचार्यले गर्नुभएको छ। नेपालभाषाको ‘धा:सा धाल धाइ’ एक पारिवारिक र सामाजिक जीवनका विविध पाटाहरूलाई समेटिएको यो श्रृंखलामा पात्रहरूबीचका रोचक संवाद, परम्परागत मान्यता र दैनिक भोगाइलाई व्यंग्यात्मक तथा मनोरञ्जनात्मक शैलीमा पहिलो भागमा प्रस्तुत गरिएको छ।

    यहाँ हेर्नुहोस्-

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै