टाेखा लाइभ / नविना श्रेष्ठ
मंसिर २२,२०७७
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कार्यालय पुतलीसडकमा लैगिक विभेद र हिंसा मुक्त कार्यस्थल कार्यक्रम सम्पन्न भएको छ। १६ दिने लैगिक विभेद र हिंसा विरुद्धको अभियान देशैभरि एकै साथ सुरु भएको थियो। १६ दिन अघि जिफन्ट कार्यालयमा महिला हिंसा विरुद्ध तालिम सुरु भएको थियो।
राष्ट्रीय कार्यक्रममा जोडिने उदेश्यले यो कार्यक्रम गरीएको र ६ वाट प्रदेशमा नै महिलालाई दक्ष बनाउनलाई महिला कमिटी गठन गरेको राष्टिय कमिटी सचिव सुनिता थापाले सवैमा जानाकारी दिएकी छिन्। १ वाट प्रदेशमा भने गठन गर्न नसकेको बताए। महिलालाई दक्ष बनाउने उदेश्यले प्रदेश ३ काठमाण्डौमा सबैलाई समेट्न सकिने भएकोले सुरुवात यहीबाट गरेकाे थापाले बताउनुभयो।

प्रदेश ३ वाट सुरु गरेको महिला हिंसा विरूद्धको कार्यक्रम अब तल- तल सम्म यतिकै जोरका साथ अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो।७ औं महाधिवेशनले उठाएको कार्य योजनालाई सशक्तिकरण जेण्डर हालेर कार्यक्रम सुरु भएको थापाले जानकारी दिइएका छन्।
महासंघले ल्याएको योजनामा हामी पूर्ण प्रतिबद्धता छौं र हामीले गर्नुपर्ने कार्य योजनामा परिवर्तन हुन लागेको स्थानीय तहसम्म पुर्याउने सबैमा राष्ट्रिय कमिटी सचिव सुनिता थापा पनि विश्वास व्यक्त गर्नुभयो।

नेपाल ट्रेड युनियनमा महासंघले स्थापना काल देखि नेपालको मजदुर आन्दोलनलाई व्यवस्थापन गर्नका निमित्त नेपालको मजदुर आन्दोलनले नेपाली श्रमिक जिबीहरूको समृद्ध भविष्य निर्माणका निमित महिलाहरु आफै मजदुर आन्दोलनकाे अगुवा हुँदैन तब सम्म हाम्राे कुनै कार्यभाग सम्पन्न हुन नसक्ने यस कार्यक्रमका अतिथि जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सबैमा जानकारी दिएका छन्।२०४६ साल साउन ५ गतेकाे स्थापना काल देखि महिला सशक्तिकरणका आवाज उठाउँदै शून्य प्रतीशत महिला उपस्थित रहेको थियो।
महासंघ बनाउँनका निम्ति २०३६ साल देखि को इतिहास हेर्दा नेपालको समग्र आन्दोलनका इतिहासलाई हेर्दा महिलाहरुको भूमिका रहेको बताए।
२०४६ साल स्थापना गर्दा शून्य प्रतिशत थियाे,२०४८ सालमा १ जना मात्र भएपनि राखेर नेपालको इतिहासमा , सं संस्थाको इतिहासमा ३३% माग राखिएको बताए। परिवर्तन गर्ने हो भने आफ्नो ठाउँबाट आफैले परिवर्तन गर्नु पर्ने सिद्धान्तको आधारमा आफ्नो योजना राख्दै 0%,५%, ८% ,१५%,१७%,२५%, ३३ प्रतीशत रहेको छ। अब का दिनहरुमा ४१% सम्मा नेतृत्व पुर्याउन सकिने श्रेष्ठले जानाकारी दिनुभयो।
महिला हिंसा विरूद्ध मात्रको अभियान सुरुगर्ने हैन जुन सुकै हिंसाको पनि अत्य गर्न हामी डटेर लाग्नु पर्ने बताए।
३५ लाख मजदुरहरुमा जम्मा १ लाख ८० हजार मात्र सामाजिक सुरक्षा सूचीमा रहन सकिएको अवस्थामा ३५ लाख भन्दा बाहिर रहेको यातायात श्रमिकहरु निर्माण श्रमिकका नाममा घर निर्माण श्रमिकहरु सबैलाई समेट्नु पर्ने माग गरिएको श्रेष्ठले बताए। लैगिक विभेद र हिंसा मुक्त कार्यस्थल हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा मात्र नरहने र तालिम मात्र गरेर नहुने कार्यक्रमका अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफन्ट का अध्यक्ष विनोद श्रेष्ठले वताउनु भयो। घर भित्र र कार्यालय भित्र पनि यस्ता दुर्व्यवहार गर्न नपाइने लैगिक विभेद र महिला हिंसा विरुद्धको तालिम लिएर गइसकेपछि आफूले पनि जीवनमा लागु गर्नुपर्ने श्रेष्ठले सबैलाई तालिमको महत्व बुझाए। तालिम लिसकेपछि सबै प्रदेशमा यसको अभियान अझ प्रभावकारीका
साथ अगाडी बढ्छ भन्ने विश्वास व्यक्त गर्नुभयो। प्रदेश ३ मा शुरुभएको तालिम अब छिटो भन्दा छिटो सवै प्रदेशमा पुर्याउन सवैमा आग्रह गर्नुभयो।
अबका ८ औं महाधिवेशनमा ५१% महिला अधिकार प्राप्त गर्ने जिफन्टको उदेश्य रहेको श्रेष्ठले जानकरी दिनुभयो।

कोभिड-१९ कोरोना भाइरसकाे कारणले गर्दा यस्ता महत्व पूर्ण कार्यक्रम गर्न नसकेको दुःख व्यक्त गर्नुभयो। महिला दक्ष र आफैमा सक्षम हुनुपर्ने प्रदेश ३ का महिला कमिटी बागमती प्रदेशका अध्यक्ष यस कार्यक्रमका अध्यक्ष इन्द्रिरा सुवेदीले सवैमा हौसला प्रधान गर्नुभयो।
कुनै पनि कार्य स्थल घरपरिवार सवै ठाउँमा महिला, पुरूष बराबर हुनुपर्ने सुवेदीले गुनासाे व्यक्त गरेकी छन्।
हिंसा तथा दुर्व्यवहार महासन्धी २०१९ नः १९० अनुमोदनका लागि नेपालको विद्यमान कानुन व्यवस्था सम्बन्धि अध्ययन प्रतिवेदन प्रस्ततकर्ता मञ्जु ज्ञवाली, नेपाल ट्रेड युनियन महासंघ जिफन्टको निति तथा कार्यक्रम प्रस्तोता जिफन्ट राष्टिय कमिटी सदस्य/महिला कमिटी सदस्य शिक्षा विभागका सदस्य सीता लामा, महिला सशक्तिकरण अभियानका प्रस्तोता जिफन्ट बागमती प्रदेशका महिला कमिटी कमला तामाङ अनौपचारिक तथा स्वावरोजगरी क्षेत्रमा सामाजिक सुरक्षा प्रस्तोता स्मृति लामा जिफन्ट सदस्य साथमा सम्पूर्ण विज्ञहरुको उपस्थित रहेको थियो।

