• TOKHA LIVE

      TOKHA LIVE

    • २१ मंसिर २०७७, आईतवार ०९:५३

    नेपाल स्काउटकी रेन्जर नम्रता श्रेष्ठ बनिन मिस नेपाल वर्ल्ड २०२०:-

    टाेखा लाइभ  /नविना श्रेष्ठ

    मंसिर २१ काठमाडौं

    नेपाल स्काउटकी रेन्जर  नम्रता श्रेष्ठ यसपालिको मिस नेपाल वर्ल्ड २०२०  घोषित भएकी छिन्।२३ वर्षिया श्रेष्ठ लाई राजधानीमा आयोजित समारोहमा मिस नेपाल २०२० को ताज प्रदान गरिएको हो ।

    उनी समाजशास्त्रमा स्नातकोत्तर गरेकी नम्रताले मिस इन्लेटक्चुअलको उपाधि पनि जितेकी श्रेष्ठ पेशाले  किन्डर गाड्रेनकी शिक्षिका हुन्। नम्रता श्रेष्ठ चन्द्रागिरी नगरपालिका वडा नं १५ का निवासी हुन।

    नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धी लाई उछिन्दै नम्रता श्रेष्ठले मिस वर्ल्ड ताज पहिरिएकी हुन्। अन्तिम ६ प्रतिस्पर्धीलाई एउटा प्रश्नमा पछाडि पार्दै मिस नेपालको टाइटल हात पारेकी हुन्।

    प्रतियोगितामा अन्तिम राउन्डमा कल्पना गर्नुस् तपाईं एउटा सानो ढुङ्गा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, फैलाउन चाहनुहुन्छ भने प्रश्न सोधिएको थियाे । छोरीलाई शिक्षा दिने र दाइजो प्रथा हटाउन आफू लाग्ने नम्रताले जवाफ दिएकी थिइन्।नम्रता नेपाल स्काउट नोबेल स्काउट क्यूका रेन्जर पनि हुन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै