• TOKHA LIVE

    • २० मंसिर २०७७, शनिबार २१:१४

    टोखा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३७१ पुग्यो ।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    मंसिर २०,२०७७

    टोखा नगरपालिकामा कोरोना संक्रमित थप ११ जना पुष्टि भएको छ। संक्रमण भएका संक्रमित संख्या बढेर ३३७१ जना पुगेकाे छ। कोभिड-१९ कोरोना भाइरस संक्रमण भएका संक्रमित महिला सख्या १४५७ जना रहेको र पुरूष संख्या १९१४ जना रहेका छन्। संक्रमित संख्या बढ्दो क्रम संगै सक्रिय संक्रमित संख्या १९५ जना रहेका छन्। निको हुनेको संख्या भने ३१६७ जना रहेको टोखा नगरपालिकाको विवरण अनुसार तथ्याङ्कले जनाएको छ।

    मंसिर २० गतेको नगर विवरणले दिइएको वडा गत विवरण अनुसार महिला सख्या ६ जना रहेको र पुरूष संख्या ५ जना रहेका छन्। होम आइसोलेसानमा ११ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    वडा गत विवरण….
    वडा नं ३ मा १ जना
    वडा नं ५ मा ४ जना
    वडा नं ६ मा १ जना
    वडा नं ७ मा १ जना
    वडा नं ८ मा १ जना
    वडा नं १० मा २ जना , र १ जना
    सम्पर्क विहिन गरी जम्मा ११ जना रहेका छन्।

    हाल सम्म कुल PCR परिक्षण गरिसकेका सख्या भने ६५८६ जना रहेका छन्।
    कुल सम्पर्कमा परिक्षण गरिएका सख्या ४०१० जना पुगेकाे छ।CICT Team ले ११ जनालाई case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेशनमा रहेका संक्रमित संख्या ५ जना रहेका छन्। भने हाल सम्म सेवा लिएका मानिसहरुको संख्या भने १५३ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै