• TOKHA LIVE

    • २० मंसिर २०७७, शनिबार २१:०२

    लिच्छविकालीन ऐतिहासिक चैत्य जीर्णोध्दार सम्पन्न:-

    टाेखा लाइभ / मंसिर २०

    मैत्रेय_युवा_संघ तथा चैत्य_सम्पदा_संरक्षण_समितिको संयुक्त आयोजनामा तालाक्व: दम्फो स्थित ऐतिहासिक चैत्यको जीर्णोध्दार सम्पन्न भएको छ।
    श्रद्धेय भिक्षु क्षान्तिशोभन (दिपक भन्ते) ले पंचशील प्रदान तथा दीप प्रज्वलन गरी सुरु भएको उक्त कार्यक्रममा चैत्य जीर्णोध्दार कमिटीका संयोजक , मैत्रेय युवा संघका संस्थापक अध्यक्ष तिर्थराज बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै स्थानीय सरकारले सम्पदा संरक्षण गर्नमा अहम भूमिका निर्वाह गर्ने हुनाले चैत्य तथा बौद्ध सम्पदा पनि संरक्षण गर्नमा भक्तपुर नगरपालिकाले चासो राख्नुपर्नेमा जोड दिदै संघले आउँदा दिनहरूमा यस्ता कार्यलाई निरन्तरता दिने कुरा व्यक्त गर्नुभयो । श्री महामन्जुश्री गुरु गुठी संस्थानका सचिव पद्मसुन्दर शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा चैत्य जीर्णोध्दारका संयोजक तिर्थराज बज्राचार्यले कार्यसमितिलाई तथा श्रध्देय क्षान्तिशोभन भन्तेले दाताहरूलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।

     

    बौद्ध अनुसन्धानकर्ता , पाटन बहुमुखी कलेजका बुद्ध धर्म सम्बन्धि व्याख्याता डा. जुनु बासुकला प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा उहाँले चैत्यको महत्त्व , ऐतिहासिकता विषयमा चर्चा गर्नुहुँदै सो जीर्णोध्दार गरिएको चैत्य लिच्छविकालिन र १००० वर्ष भन्दा पुरानो रहेको अनुमान गर्नुभयो । नेपाल सरकारसंग कार्बन डेटिङ्गको उपकरण नभएको कारण अनुसन्धानकर्ताले पनि अनुमानकै भरमा भनिरहनु परेको विडम्बना पोख्दै उहाँले सम्पदा संरक्षणका लागि सम्पदा क्षेत्र नियमित सरसफाइ गर्नुपर्ने , अविर , मिठाइ मूर्तिमा कोच्नाले स्वरूप विग्रने आदिमा सचेत रही यस्ता कार्यलाई वर्जित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

     

     

    कार्यक्रममा श्रध्देय क्षान्तिशोभन भन्तेले चैत्यको महत्व विषयमा धर्मोपदेश दिनुभएको थियो भने सभापति पद्मसुन्दर शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो।उक्त चैत्यको जीर्णोध्दार कार्य गत महिना कार्तिक १९ गते बाट सुरु भई कार्तिक २५ गते जीर्णोध्दार सम्पन्न भएको थियोे।

     

    उक्त चैत्य जीर्णोध्दार कार्यका कार्यसमितिमा हाल देहाय महानुभावहरु रहेका छन् । संयोजकमा- तिर्थराज बज्राचार्य ,
    सदस्यहरुमा – पद्मसुन्दर शाक्य, संचित बुद्धाचार्य,
    तेजरत्न बज्राचार्य, प्रेमशोभा बज्राचार्य, प्रबिना शाक्य रहेका छन् । ऐतिहासिक चैत्य जीर्णोध्दार कार्यक्रमको
    उद्घोषक संचित बुद्धाचार्यले जीर्णोध्दार कार्यको आय-व्यय प्रस्तुत गर्नु भएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै