Trending now
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ स्टल रहने
२०८३ कार्तिक १३, शुक्रवार
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
२०८३ कार्तिक १३, शुक्रवार
टोखा लाइभ । अब सडकमा सवारी साधन चलाउँदा रातो बत्ति बलेको समयमा पनि वेवास्ता गर्नेलाई प्रहरीले कक्षा लिने भएको छ । यसअघि मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो।
ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक सचेतना कक्षा लिन थालेको हो । यस्तो कक्षाका लागि बग्गीखाना भने जानुपर्ने छैन । अनलाइनबाट प्रहरीले लिने कक्षा अनिवार्य गरिएको छ ।
लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालक स्वयम् बग्गीखाना गएर आफैं ट्राफिक कक्षामा सहभागी हुनुपर्ने नियम थियो । अब भने ट्राफिक सचेतना कक्षालाई प्रविधिमार्फत निरन्तरता दिइने भएको छ ।
कोरोना संक्रमणको महामारीका बीचमा अनलाइनमार्फत सचेतना कक्षा सुरू गरिएको महाशाखाले उल्लेख गरेको छ ।

