• TOKHA LIVE

      TOKHA LIVE

    • ११ मंसिर २०७७, बिहीबार ००:५०

    महान फुटबल खेलाडी डिएगो म्यारोडोनाको निधन

    २०७७ मंसिर ११ गते

    एजेन्सी। अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ। विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनको हृदयघातका कारण बुधबार अर्जेन्टिनामा निधन भएको हो । अर्जेन्टिनाको स्थानीय मिडियालाई उदृत गर्दै डेलीमेलले म्यारोडोनाको निधन भएको जनाएको छ।

    दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए। उनको मस्तिष्कको ब्लट क्लट शल्यक्रिया गरिएको थियो। सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना अर्जेन्टिनाका महान खेलाडी मानिन्छन्।

    अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन्।अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।
    सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।

    म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए। उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । उनले सो विश्वकपमा हातले गोल गरेको र त्यो रेफ्रिले नदेखेको चर्चा फुटबल जगतमा हुने गर्छ। म्यारोडोनाले आफ्नो हातलाई भगवानको वरदान भन्ने गर्थे।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै