• TOKHA LIVE

    • १० मंसिर २०७७, बुधबार ०५:५३

    सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छः मन्त्री श्रेष्ठ

    २०७७ मंसिर १० गते

    मोरङ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने बताएका छन् ।

    विराटनगरमा मंगलवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले पाँच वर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुनेछ बताएका हुन् ।

    मन्त्री श्रेष्ठले मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जनताले पार्टीलाई दुई तिहाई नजिकको जनादेश दिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पूर्ण अवधिसम्म चल्ने बताए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै