टाेखा लाइभ / नविना श्रेष्ठ
मंसिर ७,२०७७
टोखा नगरपालिकामा थप २१ जना कोरोना संक्रमण पुष्टि भएको छ। मंसिर ५ गतेको विवरण अनुसार संक्रमितको संख्या ३०२७ जना पुगेको छ। मृत्यु हुनेको संख्या ९ जना रहेका छन्। सक्रिय संक्रमित संख्या बढेर २१७ रहेका छन्। जसमध्ये निको हुनेको संख्या भने २८०० रहेको छ।
वडा गत विवरण अनुसार कोरोना भाइरस संक्रमण भएका महिला सख्या १२ जना रहेको र पुरुष सख्या ९ जना रहेका छन्। होम आइसोलेसनमा१५ जना रहेको र अस्पतालमा १ जना मात्र रहेका छन् भने सम्पर्क विहिन भने ५ जना रहेका छन्। जम्मा संक्रमित सख्या २१ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
कोरोना भाइरस संक्रमण भएका संक्रमित वडा मध्ये :
वडा नं १ मा २ जना
वडा नं ४ मा १ जना
वडा नं ८मा १ जना
वडा नं ११ मा ४ जना
सम्पर्क विहिन भएका १ जना र अन्यमा १ जना गरि २१ जना रहेका छन्।
हाल सम्मको कोरोना भाइरस संक्रमण भएका मानिसहरूले PCR कुल परिक्षण गरेका संख्या ६३६७ रहेको थियो। कुल सम्पर्कमा परिक्षण गरेका हरुको सख्या भने ३९५४ जना रहेका छन्। मंसिर ५ गते CICT Team ले २१ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसन केन्द्र मा नयाँ भर्ना भएका १ जना सहित जम्मा संक्रमित सख्या १७ जना रहेका छन् भने महिला ६ जना र पुरुष ११ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

