• TOKHA LIVE

    • २९ कार्तिक २०७७, शनिबार १८:४२

    अमेरिकी दूतावासमा बनाइएन यसपाली रंगोली

    २०७७ कार्तिक २९ गते

    काठमाडौं। काठमाडौंस्थित अमेरिकी राजदूतावासमा लक्ष्मीपूजाका दिन रंगोली बनाउने र दीप प्रज्वलन गर्ने प्रचलन धेरै पुरानो नभए पनि गत वर्ष अमेरिकी राजदूत र्‍याण्डी बेरीले दूतावासमा रंगोली बनाएका थिए। तर, यो वर्ष भने दूतावासमा यस्तो रंगोली बनाइएन। झिलिमिली पनि पारिएन।

    कोरोना महामारीका कारण रंगोली बनाउन नसकिएको दूतावासले जनाएको छ। दूतावासले गत वर्ष राजदूत बेरीले रंगोली बनाउँदै गरेको तस्वीरसहित एक ट्वीट गर्दै यो वर्ष रंगोली बनाउन नसकेको बताएको छ।

    ट्वीट गर्दै दूतावासले लेखेको छ, ‘यो बर्ष महामारीका कारण हामीले अमेरिकी मिशन र राजदूत बेरीको निवासमा रङ्गोलीरमण्डला बनाउन नसकेपनि गएको बर्षको तिहार र दिपावालीका सम्झनाहरू ताजै छन्। झिलिमिली र रङ्गको यो अवसर मनाइरहनुभएका सबैजनालाई हामी दिपावलीको शुभकामना व्यक्त गर्न चाहन्छौं, सुरक्षित तवरले रमाइलो गर्नुहोला।’

    राजदूत बेरी हिन्दु र नेपालीहरुको चाड पर्वका क्रममा नेपाली संस्कृतिसँगै चाड पर्व मनाइरहेका हुन्छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै