• TOKHA LIVE

    • २८ कार्तिक २०७७, शुक्रबार ०९:५६

    धमाधम नक्कली नोट छाप्दै गरेको देखेपछि..

    २०७७ कार्तिक २८ गते

    सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट बिहीबार एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका तीन जनालाई रंगेहात पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षिय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षिय धिरज यादब र २० वर्षिय सन्जे राय छन्।

    केही ब्यक्तिहरुले नक्कली नोट छाप्ने कार्य गरीरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

    केही दिन अघि देखि सो ठाँउमा डेरा गरी बसेका उनीहरुलाई त्यसबेला नक्कली नोट छापीरहेको अबस्थामा फेला पारीएको हो। एपीएफ टोलीले त्यसबेला एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दैगरेको एक हजार दरकै पाँच सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ।

    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै