• TOKHA LIVE

    • २७ कार्तिक २०७७, बिहीबार १६:३२

    नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि , थप १५ जनाको मृत्यु:-

    टाेखा लाइभ कार्तिक २७ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै