• TOKHA LIVE

    • २६ कार्तिक २०७७, बुधबार १८:३२

    नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि, थप २६ जनाको मृत्यु:-

    टाेखा लाइभ कार्तिक २६ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै