• TOKHA LIVE

    • २५ कार्तिक २०७७, मंगलवार १८:४५

    टोखा नगरपालिका र तारकेश्वरका भूमाफियाहरुलाई धक्का,निकुन्जको मध्यवर्ती क्षेत्रमा अबैध उत्खननमा रोक

    टाेखा लाइभ ,कार्तिक २५ 

    अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ ।

    नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने क्रममा शिवपुरनागार्जुन मध्यवर्ती क्षेत्रमा अबैध उत्खननमा रोक लगाइएको छ ।खानी तथा भूगर्भ विभागले  शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा जग्गा सम्माउने नाममा अनाधिकृत र अबैध कार्यहरु भैरहेको सुचना प्राप्त भएको उजुरी प्राप्त भएको भन्दै तारकेश्वर र टोखा नगरपालिकालाई पत्र लेखेर सो कार्य तुरुन्त बन्द गर्नका लागि निर्देशन दिएको छ।

    ति दुई  नगरपालिकाका विभिन्न स्थानमा भूमाफियाहरुले जग्गा सम्माउने भन्दै सिफारिस बनाएर सो भन्दा फरक काम गर्दा त्यस कार्यले मानवीय जीवन र वातावरणमा अशर परेको भन्दै आक्रोसित बनेका स्थानीयहरुले उजुरी दिए पछी नगरपालिकाहरुले पनि सबै वडालाई पत्र लेखेर सो कार्य तत्काल बन्द गराउन निर्देशन दिएका छन।

    खानी तथा भूगर्भ विभागको निर्देशन :

    काठमाडौं उपत्यकाका यी नगरपालिका सहित बुढानिलकण्ठ ,गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाका निकुन्ज आसपास रहेका क्षेत्रमा पनि गैर कानुनी र अबैध रुपमा जग्गा सम्माउने नाममा बालुवा तथा माटोको गैर कानुनी विक्री वितरण हुने गरेको उजुरी प्राप्त भए संगै कारवाही अगाडी बढाउने तयारीमा रहेको बिना अनुमति संचालनमा रहेका बालुवा वासिंग र डिपोहरुलाई पनि कारवाही गर्न सरोकारवाला निकायलाई सजग गराएको छ।

    स्थानीय तहको निर्वाचन पश्चात काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा आफ्नो व्यवसायलाई केन्द्रित गरेका जग्गा ब्यापारी तथा दलालले जनप्रतिनिधि र कर्मचारीलाई प्रलोभनमा पारेर अनुमति सिफारिसमा उल्लेख गरिए भन्दा फरक रुपमा अबैध काम गर्दै आएको गुनासो स्थानीयहरुले गर्दै आएका छन।

    टोखा नगरपालिकाको निर्देशन :

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै