टाेखा लाइभ कार्तिक २४
यहि कार्तिक २८ र मंसिर २ गते (नोभेम्बरमा १३ र १७ तारिख) मा नेपाल र बंगलादेश बिच हुने मैत्रीपूर्ण खेलको समय तय भएको छ। खेल स्थानिय समय अनुसार ५ बजे र नेपाली समय अनुसार ४:४५ बजे बंगबंधु राष्ट्रिय रंगशालामा हुनेछ ।खेलको प्रत्यक्ष प्रसारण बंगलादेश फुटबल संघ (बीएफएफ) गर्ने भएका छन् । बंगलादेश टि भी र टि स्पोर्टस् मार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिने बताएका छन्।
नेपाल र बंगलादेश बिच हुने मैत्रीपूर्ण खेलको लागि नेपाली टोली खेलको आठ दिन अगाडि नै ढाकामा पुगेको थियोे।
नेपालले बांगलादेश संग अन्तिम पटक भेट २०१६ साफ फुटबल च्याम्पियनशिपमा ढाकामा भएको थियो। नेपालले त्यो खेल २-० ले जितेको थियो।

