• TOKHA LIVE

    • २३ कार्तिक २०७७, आईतवार १८:२८

    नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि , थप २१ जनाको मृत्यु

    टाेखा लाइभ कार्तिक २३

    नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
    काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३३ संक्रमित थपिएका छन् ।
    त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ । देशभर संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको  स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै