• TOKHA LIVE

    • २३ कार्तिक २०७७, आईतवार १८:००

    दोस्रो हाफमा मैदान छिरेर पनि चम्किए मेसी, बार्सिलोना विजयी

    बार्सिलोना । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकाल्ने क्रममा कप्तान लियोनल मेसी चम्किएका छन् । पहिलो हाफ बेन्चमा बसेका उनी दोस्रो हाफमा मैदान छिरेका हुन् । पहिलो हाफ १\१ गोलको बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा बार्सिलोनाले ४ गोल थप्यो । जसमा एक पेनाल्टीसहित दुई गोल मेसीले गरे ।

    समग्रमा बार्सिलोना ५-२ गोल अन्तरले विजयी भयो । बार्सिलोनाका लागि खेलको २२ औं मिनेटमा उसमान डेम्बेलेले अग्रता दिलाएका थिए । बार्सिलोनाका लागि ग्रिजमनले एक तथा फ्रेडीले एक गोल गरे । जितपछि बार्सिलोनाको ६ खेलमा ११ अंक भएको छ । टीम अब अंक तालीकाको आठौं स्थानमा उक्लिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै