• TOKHA LIVE

    • २२ कार्तिक २०७७, शनिबार १८:०९

    नेपाल थप २७५३जनामा कोरोना संक्रमित पुष्टि थप १७ जनाको मृत्यु:-

    टाेखा लाइभ कार्तिक २२

    नेपालमा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

    नेपालमा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ ।
    काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय १२ संक्रमित थपिएका छन् । तिमध्ये १ हजार २ सय ९४ जना काठमाडौ, ७७ जना भक्तपुर र १ सय ४१ जना ललितपुर जिल्लाका रहेका छन् । अहिले उपत्यकामा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ६२ रहेको छ । एकैदिन २ हजार २ सय ६ जना संक्रमित निको भएका छन् । हालसम्म १ लाख ५५ हजार १ सय १४ जना संक्रमित निको भएको मन्त्रालयले बताएको छ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै