• TOKHA LIVE

    • २१ कार्तिक २०७७, शुक्रबार ०५:२०

    जर्नेल नरवणेले लगाए नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न

    २०७७ कार्तिक २१ गते

    काठमाडौं। भारतीय थल सेना प्रमुख जर्नेल मनोज मुकुन्द नरवणेले नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न लगाएका छन्। शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधिको दर्ज्यानी चिह्न लगाइदिएकी हुन्।

    १९५० देखि नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशको सेनाको मानार्थ महारथी सम्मान दिने प्रचलन छ। जर्नेल नरवणे नेपाली सेनाको मानार्थ महारथी हुने १८ औं भारतीय सेना प्रमुख हुन्। पहिलो पटक १९५० मा भारतीय सेनाका कमाण्डर इन चिफ जर्नेल केएम करियप्पाले पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी पदवी प्राप्त गरेका थिए भने १९६९ मा नेपाली सेनाका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ महारथी पदवी पाएका थिए।

    हालका प्रधानसेनापति पूर्णचन्द्र थापा भारतीय सेनाको मानार्थ महारथी पदवी पाउने १४ औं नेपाली प्रधानसेनापति हुन्। उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविदले मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइदिएका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै