• TOKHA LIVE

    • २० कार्तिक २०७७, बिहीबार १६:५८

    नेपालमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि , थप १८ जनाको मृत्यु:-

    टाेखा लाइभ कार्तिक २० काठमाडौं :

    नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको मन्त्रालयले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै