• TOKHA LIVE

    • २० कार्तिक २०७७, बिहीबार ०८:११

    “नेपालको संबिधान र जननेता मदन भण्डारी” विषयक निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक:-

    टाेखा लाइभ कार्तिक २०।

    “नेपालको संबिधान र जननेता मदन भण्डारी” विषयक निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित सो प्रतियोगितामा दुर्गा पौडेल प्रथम ,प्रकास पकुवाल दितीय र बसन्त सिंह ठगुन्ना तृतीय भएका छन।

    मदन भण्डारी कला साहित्य प्रतिष्ठानका केन्द्रिय कमिटि सदस्य अनन्त पौडेलको संयोजक, उप प्राध्यापक बिनोद मन्जन र विष्णुमाया भुसाल सदस्य रहेको छनौट समितिले विजेता सहित बासुदेव आचार्य ,धर्मराज सुवेदी , राम प्रसाद पाण्डेय ,अश्विना न्यौपाने ,समिक्षा कार्की ,सुजाता गौतम र दिनेस राज रेग्मीलाई उत्कृस्ट ७ मा छनौट गरेको छ।

    संबिधान दिवसको अवसरमा आयोजना गरिएको सो देश ब्यापी खुल्ला निबन्ध प्रतियोगिताका प्रथम,दितीय र तृतीय हुनेले क्रमश १५ ,१० र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै