टाेखा लाइभ कार्तिक १९
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको मन्त्रालयले बताएको छ ।

