टाेखा लाइभ कार्तिक १७ काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको पछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ भने यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको मन्त्रालयले बताएको छ ।

