टाेखा लाइभ कार्तिक १६
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि पछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको मन्त्रालयले बताएको छ ।

