• TOKHA LIVE

    • १५ कार्तिक २०७७, शनिबार १६:५५

    नेपालमा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि , थप १७ जनाको मृत्यु:-

    टाेखा लाइभ कार्तिक १५

    नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै