• TOKHA LIVE

      TOKHA LIVE

    • १२ कार्तिक २०७७, बुधबार ०८:१९

    नेपाल र बंगलादेश बिच मैत्रीपूर्ण खेलका लागि बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी :-

    टाेखा लाइभ कार्तिक १२

    नेपाल र बंगलादेश बिच हुने दुई मैत्रीपूर्ण खेल यहि कार्तिक २८ र मंसिर १ गते हुने खेलको पुरुष राष्ट्रिय टोलीका लागि बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षक जिम्मेवारी दिइएको छ।
    पुरुष राष्ट्रिय टोलीका लागि मुख्य बिदेशी प्रशिक्षक योहान कालीन यस मैत्रीपूर्ण खेलका लागि उपलब्ध हुने छैनन्। वर्तमान कोविड १९ महामारीका कारण यात्रामा प्रतिबन्ध भएकाले कालीन उपलब्ध नहुने भएपछि बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षक जिम्मेवारी दिइएको , अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।

     

    दुई मैत्रीपूर्ण खेलमा किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकीपिंग प्रशिक्षकको जिम्मेवारी दिएको छ भने बंगलादेश विरुद्धका दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमले बिहीबारदेखि प्रशिक्षण सुरु गर्ने एन्फाले जानकारी दिएको छ।

    राष्ट्रिय टोलीका खेलाडी आज बुधबार प्रशिक्षणका लागि आउने एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेल यहि कार्तिक २८ र मंसिर १ गते (नोभेम्बरमा १३ र १७ तारिख ) तय गरिएको छ।

     

     

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै