पहिलो नेपाल ११ कार्तिक २०७७
डब्ल्युएचओ।ड्ब्लुएचओका महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका छन् । उनले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने डब्ल्युएचओले जनाएको छ ।
कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान पनि महानिर्देशकले विश्वभरका सरकारलाई अपिल गरेका छन् ।
सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने डब्ल्युएचको दृढता छ।
यद्यपि भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने उनले बताए ।
यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो।
कोरोना भाइरसको महामारीका कारण मंगलबारसम्म ४ करोड ३७ लाखभन्दा बढी संक्रमित भएका छन् । यस्तै ११ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

