• TOKHA LIVE

    • ९ कार्तिक २०७७, आईतवार ०४:४३

    जाजरकोटमा सुख्खा पहिरो, दुई जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा सुख्खा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । जाजरकोटको छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा पुरिएर दुई जनाको ज्यान गएको हो । अझै दुई जना घाइते भएका छन् ।

    घटनामा ज्यान गुमाउनेमा छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहाल छन् । घटनामा २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी धनसरी चनारा घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ चौकी दशेरामा प्राथमिक उपचारपछि सुर्खेत लैजाने तयारी छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै