२०७७ कार्तिक ७
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवारबाट पाँचदिनसम्म नियमित प्रसारण हुने मिडिया बिफ्रिङ नहुने भएको छ। आजदेखि मन्त्रलायको भाइबर ग्रुप र मन्त्रालयको वेवसाइइबाट जानकारी अपडेट हुने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजबाट लाइभ मिडिया अपडेट नगर्ने जनाकारी दिएका हुन्।
उनले आगामी बुधबार भने मिडिया बिफ्रीङ थप परिमार्जन गरी प्रसारण हुने समेत बताए।
अबदेखि कोरोना संक्रमण रोकथाम र अन्य जानकारी बिफ्रिङकै समयमा सामाजिक सञ्जालमा अपडेट गरिने प्रवक्ता गौतमले जानकारी दिए।
सरकारले कोरोना भाइरस संक्रमण, डिस्चार्ज र मृत्यु तथा कोरोना रोकथामका लागि मन्त्रालयबाट भइरहेका क्रियाकलापको जानकारी नियमित मिडिया बिफ्रिङमार्फत दिँदै आएको थियो।

