टाेखा लाइभ कार्तिक ६ काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ भने यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको
मन्त्रालयले बताएको छ ।

