टाेखा लाइभ कार्तिक ३ काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको मन्त्रालयले बताएको छ ।

