टोखा लाइभ ।काठमांडौंमा रगत अभाव हुन नदिन लायन्स क्लब अफ काठमाण्डाै आशिर्वादकाे आयाेजनामा र टोखा नगरपालिका वडा नं ७ को विशेष समन्वयमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
बढ्दो रगतको मागलाई परिपुर्तीका लागि भोलि कार्तिक ३ गते बसुन्धरामा खुल्ला रक्तदान कार्यक्रम हुने भएको लायन्स क्लब अफ काठमाण्डौ आशिर्वादका अध्यक्ष लक्ष्मी थापा मगरले जानकारी दिनु भयो ।उनका अनुसार रक्तदान कार्यक्रम विहान ९ बजेदेखी सुरु भई अपरान्ह १ बजेसम्म चल्नेछ ।
कोरोनाको संक्रमण टोखा नगरपालिकामा दिनप्रति बढ्दै गएपछि रगतको माग बढ्दै गएको रक्तदान कार्यक्रम आयोजना गरिएको लक्ष्मी थापा मगरले बताउनु भयो। यस रक्तदान कार्यक्रम वर्षेनी आयोजना हुँदै आईरहेको छ ।

