tokhalive.com काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भए योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको मन्त्रालयले बताएको
छ ।

