टाेखा लाइभ असोज २९
नेपालमा पछिल्लो २४ घण्टामा थप देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको मन्त्रालयले बताएको छ।

