टाेखा लाइभ /असोज २९
एजेन्सी/ दुबई अन्तर्राष्ट्रिय मैदानमा हिजो बुधबार दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सलाई रनले १३ हराएर आफ्नो प्लेअफ सम्भावनालाइ बलियो बनाएको छ।
दिल्लीको यो जितपछि १२ अंक भएको छ र फेरि एकपल्ट शीर्ष स्थानमा उक्लेको छ। डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स १० अंकमा दोस्रो स्थानमा झरेको छ।
राजस्थान रोयल्स भने छ अंकमै सीमित रहेर पुछारबाट दोस्रो स्थानमा कायम रह्यो। राजस्थानले दोस्रो इनिङ्समा खेल्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो।
टाेलीका लागि प्रारम्भिक ब्याट्सम्यान बेन स्टोक्सले बनाएको ४१ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो । अन्य ब्याट्सम्यानमध्ये रोबिन उथप्पाले ३२ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गर्ने परम्परालाई दिल्लीले पनि तोडेन र यसक्रममा २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो।
यो स्कोर दुई ब्याट्सम्यानको अर्धशतकमा टिकेको थियो, प्रारम्भिक ब्याट्सम्यान शिखर धवन र कप्तान श्रेयस एेर । त्यसमध्ये शिखरले ३३ बलमा ५७ रन बनाए ।
दिल्लीले अजिन्क्या रहानेलाई यो खेलमा मौका दिए पनि उनले त्यसको फाइदा उठाउन सकेनन्। उनले दुई रन मात्र बनाउन सके। राजस्थानका बलरमध्ये जोफ्रा आर्चर घातक साबित भए । उनले १९ रन मात्र खर्चेर ४ ओभरमा तीन विकेट लिए।
यस्तै कप्तान श्रेयसले ४३ बलमा ५७ रन जोडे । उनीहरूले तेस्रो विकेटमा ८५ रनको साझेदारी गरे।

