• TOKHA LIVE

    • २८ आश्विन २०७७, बुधबार १६:४१

    नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि , थप १२ जनाको मृत्यु:-

     

    टाेखा लाइभ काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
    त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८० हजार ९५४ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै