टाेखा लाइभ असोज २५ काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको मन्त्रालयले बताएको छ।

