• टोखा लाइभ संवाददाता
टोखा लाइभ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार २७९ जनाको पीसीआर परीक्षणमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७३ हजार ०२३ पुगेको छ। देशभर २७ हजार ५३ जना ८४सक्रिय संक्रमित छन्।
हाल देशभर २७ हजार ५३ जना सक्रिय सङ्क्रमित छन् । देशभर ११ हजार १७६ जना संस्थागत आइसोलेशनमा तथा १५ हजार ८७७जना होम आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमलेजानकारी दिए । पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसहित नेपालमा हालसम्म ११लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको छ ।
हाल देशभर चार हजार ३०७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६८० सङ्क्रमित निको भएर घरफर्किएका छन् । योसँगै देशभर ७३ हजार २३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्नप्रयोगशालामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।
उपत्यकामा थपिए एक हजार ४०९
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४०९ कोरोना सङ्क्रमित भेटिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौँमाएक हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोराना सङ्क्रमितकोसङ्ख्या ३३ हजार ७७१ पुगेको छ ।
सङ्क्रमितको सङ्ख्या काठमाडौँमा ३० हजार ४९७, ललितपुरमा चार हजार १७४ तथा भक्तपुरमा तीन हजार ४९ पुगेको छ ।
मृत्यु हुने ६०० पुग्यो
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डागौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ पुरुष र एक महिला छन् । झापामा २९ र५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुषतथा रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

