टाेखा लाइभ असोज २३ काठमाडौं :
नेपालमा पछिल्लो २४घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ भने यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको मन्त्रालयले बताएको छ।

