टाेखा लाइभ असोज २१ काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको मन्त्रालयले बताएको छ।

