टाेखा लाइभ असोज १८ काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको मन्त्रालयले बताएको छ।

