टाेखा लाइभ असोज १४ काठमाडौं ।
नेपालमा पछिल्लो २ ४घन्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको मन्त्रालयले बताएको छ।

