टाेखा लाइभ असोज १३ काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ भने कोरोना संक्रमणबाट निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको मन्त्रालयले बताएको छ।

