• TOKHA LIVE

    • ११ आश्विन २०७७, आईतवार १६:३७

    नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, १५७३ संक्रमित थपिए:-


    टाेखा लाइभ असोज ११ काठमाडौं :

    पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि नेपाल मा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ भने कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको मन्त्रालयले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै